नवलपरासीमा रुखले च्यापेर दुई जनाको मृत्यु, तीनजना गम्भिर घाईते
नवलपरासी | जेठ ३, २०८२
नवलपरासी: नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।
शुक्रबार अपरान्ह हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा नम्बर ७ चारपालामा रहेको प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो ।
घटनामा सुनवल ७ कि ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो ।
घटनामा सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाईते भएका छन् । उनीहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ ।
पानी परेपछि प्रतीक्षालयमा बसिरहेको स्थानीयलाई हावाहुरीले ढलेको ठुलो रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथी ढलेपछि प्रतीक्षालय समेत भत्किएको प्रहरीले जनाएको छ ।
शुक्रबारअपरान्ह नवलपरासी सहित आसपासका जिल्लामा तिव्र हावाहुरी सहित वर्षा भएको थियो । अहिले मौसममा क्रमिक सुधार हुँदै छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

